April 23, 2025

एकैदिन ५५ जना कोरोना संक्रमितको मृत्यु

May 4, 2021
- ADVERTISEMENT -

काठमाडौं ‍ / नेपालमा एकैदिन ५५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशको विभिन्न जिल्लामा गरी ५५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एकैदिन मृत्यु भएकाको संख्या पनि हालसम्मकै उच्च हो । योसहित नेपालमा मृतकको संख्या ३ हजार ४ सय १७ जना पुगेको छ ।
तयस्तै, पछिल्लो २४ घण्टामा सात हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ हजार १ सय ३१ जनाको पीसीआर र ५७१ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कुल संक्रमितमध्ये हाल ५९ हजार ७९८ जना सक्रिय संक्रमित छन्। हाल २५३ जना संक्रमित क्वारेन्टाइनमा छन्।
यसैगरी, पछिल्लो २४ घण्टामा एक हजार ७ सय ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

- ADVERTISEMENT -