July 13, 2024

निषेधाज्ञा उल्लंघन गर्ने २५१ सवारी साधनसहित ३१४ जना कारवाहीमा

May 5, 2021

चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले निषेधाज्ञा उल्लंघन गर्ने २५१ सवारी साधनलाई कारबाही गरेको छ । जिल्लाका बिभिन्न स्थानबाट मंगलबार २२४ वटा दुई पाङ्ग्रे र २७ वटा ठूला सवारी साधनलाई कारबाही गरिएको हो ।
यस्तै निषेधाज्ञा उल्लंघन गर्दै अनावश्यक हिँडडुल गर्ने ३ सय १४ जना मानिसहरुलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ । जसमध्ये ९४ जना पुरुष र २२० महिला छन् । उनीहरुलाई नियन्त्रणमा लिई एक घण्टा होल्ड गरिएको थियो ।
निषेधाज्ञा उल्लंघन गर्नेहरुबाट मंगलबार मात्रै ७४ हजार १०० रुपैयाँ राजस्व संकलन गरिएको चितवनका प्रहरी प्रवक्ता डिएसपी सरोज गिरीले बताए । धेरैलाई सम्झाई बुझाई छाडिएको तर अटेर गर्नेलाई भने जरिवाना गरिएको डिएसपी गिरीले बताए । सोही क्रममा मास्कको प्रयोग नगर्ने ३४ जनालाई मास्क समेत वितरण गरिएको प्रहरीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -