काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै ओली सरकार अल्पमतमा परेको हो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले माओवादी केन्द्रसहितको समर्थनमा ४ फागुन २०७४ मा प्रधानमन्त्रीको शपथ लिएका थिए ।
तत्कालीन एमाले र माओवादी केन्द्रले १७ असोज २०७४ मा चुनावी तालमेल गरेका थिए । साझा घोषणापत्रसहित आमनिर्वाचनमा होमिएपछि एमालेले प्रतिनिधिसभामा १ सय २१ र माओवादी केन्द्रले ५३ सिट जितेको थियो । झन्डै दुई तिहाइ बहुमत प्राप्त सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओली एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएपछि कमजोर बन्दै गएका छन् ।
ओवादी केन्द्र केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए ।
‘सरकारलाई हाम्रो समर्थन छैन, बुधबार फस्र्ट आवरमा हामी औपचारिक रूपमा समर्थन फिर्ता लिन्छौं,’ पोखरेलले भने, ‘बैठकले लुम्बिनी प्रदेश मुख्यमन्त्रीलाई पनि मान्यता नदिने निर्णय गरेको छ ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।
May 5, 2021
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -