चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले कोरोनाभाइरस (कोभिड–१९) लक्षित निषेधाज्ञा थप कडा बनाउने तयारी गरेको छ । जिल्लामा कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्या नघटेको भन्दै थप कडाइ गर्न लागिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानले जानकारी दिए ।
प्रजिअ लामिछानेले जिल्लाका सबै पालिकाहरुलाई पनि अलर्ट हुन आग्रह गरिएको बताए । आज बुधबार बस्ने जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनको बैठकले थप कडाई गर्ने सम्बन्धमा निर्णय गर्नेछ ।
‘निषेधाज्ञाको बाँकी अवधिमा अझै सचेत बन्नुपर्ने देखिएको छ, उनले भने, ‘कारवाहीको प्रकृयालाई पनि बढाउने तयारीमा छौं ।’
प्रजिअ लामिछाने स्वयम् निषेधाज्ञा कार्यान्वयन गराउनका लागि जिल्लाका विभिन्न क्षेत्रमा खटिएका छन् । चितवनमा निषेधाज्ञाको आज छैठौं दिन हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा निषेधाज्ञा थप कडाको तयारी
May 5, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
