२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

चितवनमा १० जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति : २०७८ बैशाख २२ गते
- ADVERTISEMENT -

चितवन / चितवनमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट भरतपुर अस्पतालमा ४ जना, चितवन मेडिकल कलेजमा ५ जना र पुरानो मेडिकल कलेजमा १ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूहरु चितवनका ४ जना, रूपन्देहीका ४ जना, हेटौँडाका एक जना र नवलपरासीका एक जना रहेका छन् । उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो।
जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भरतपुर अस्पतालमा चितवनका २, हेटौंडाका र रूपन्देहीका १/१ जनाको मृत्यु भएको छ।
त्यस्तै, चितवन मेडिकल कलेजमा रूपन्देहीका ३, चितवन र नवलपरासीका १/१ जनाको र पुरानो मेडिकल कलेजमा उपचार भइरहेका चितवनका १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिए।

- ADVERTISEMENT -