February 6, 2025
- ADVERTISEMENT -

नेपालमा थपिए ८६५९ जना संक्रमित

May 5, 2021

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा मात्र ८ हजार ६ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या हालसम्मको उच्च हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा २० हजार ७ सय ५६ जनाको पीसीआर र ६१६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ हजार ६ जसय ५९ जना कोरोना संक्रमित थपिएका हुन् ।
त्यस्ते, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५८ जनाको मृत्यु भएको छ। एकैदिन मृत्यु भएकाको संख्या पनि हालसम्मकै उच्च हो। नेपालमा हालसम्म कोराना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३ हजार ४ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा हाल ६६ हजार ३ सय ५२ जना सक्रिय संक्रमित छन्। जसमध्ये ६१ हजार ५ सय ८८ जना होम आइसोलेसनमा र ४ हजार ७ सय ६४ जना संस्थागत आइसोलेसनमा छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -