२०८२ कार्तिक २४, सोमबार
November 10, 2025
२०८२ कार्तिक २४, सोमबार
November 10, 2025 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपालगञ्जमा कोरोनाका थप बिरामी भर्ना नगर्ने

प्रकाशित मिति : २०७८ बैशाख २२ गते
Photo : Google
- ADVERTISEMENT -

काठमाडौं / बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका थप बिरामी भर्ना नगर्ने भएको छ ।
नेपाल मेडिकल कलेजले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण तीव्र रुपमा बढ्दा अक्सिजनको चरम अभाव भएकोले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने भएकोले संक्रमित बिरामी भर्ना नगर्ने जनाएको हो ।
अस्पतालका सम्पूर्ण अन्य सेवा बन्द गरी ३ सय शय्यासम्मको कोभिड अस्पताल तयार गरिएको भएपनि अक्सिजनको अभावमा १३५ शय्या मात्रै सञ्चालनमा ल्याउन नसकेको अस्पतालले जनाएको छ ।
अस्पतालमा हाल १३३ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -