चितवन / पछिल्लो २४ घण्टामा मात्रै चितवनका २५५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्ररुपमा फैलिएको कोरोना भाइरस भाइरस (कोभिड–१९)को सङ्क्रमण चितवनमा बढ्दो छ ।
जिल्लाका विभिन्न अस्पतालमा गरिएको पीसीआर र एन्टिजिन परीक्षणका क्रममा चितवनमा २५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना भाइरसका कारण चितवनमा ९ जनाले ज्यान गुमाएमा चितवनका तीन जना सङ्क्रमित रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये भरतपुरमा २१५, रत्ननगरमा १७, खैरहनीमा १०, माडीमा र राप्तीमा ३-३ तथा कालिकामा २ रहेका छन् । पछिल्लो २४ घण्टामा इच्छाकामनामा भने नयाँ सङ्क्रमित भेटिएका छैनन् । चितवनमा हालसम्म सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ६४० जना पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
सक्रिय सङ्क्रमितमध्ये ९० जना अस्पतालको आइसोलेसन तथा एक हजार ५५० जना होम आइसोलेसनमा बसेका स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए । जिल्लामा आठ हजार ७०० जना सङ्क्रमित पुग्दा ६ हजार ९३६ जना निको भएका तथा १२४ जना सङ्क्रमितको मृत्यु भएको तिवारीले बताए हालसम्म भरतपुर महानगरपालिकामात्रै ६ हजार ४९० जना सङ्क्रमित पुगेका छन् ।
त्यस्तै रत्ननगरमा ९२२, खैरहनीमा ४७७, राप्तीमा ३६२, कालिकामा २२४, माडीमा १७६ तथा इच्छाकामनामा ४९ जना सङ्क्रमित पुगेका तिवारीले बताए । तिवारीकाअनुसार जिल्लामा सङ्क्रमितमध्ये पाँच हजार ३२ जना पुरुष तथा तीन हजार ६६३ जना महिला रहेका छन् ।
- ADVERTISEMENT -

चितवनमा थप २५५ जना सङ्क्रमित
May 5, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
