July 21, 2024

चितवनका चौबिसकोठीमा आपतकालीन सहयोग कक्ष सुरु

May 6, 2021
Photo : Halkaro

चितवन / चितवनका युवाहरुले आपतकालीन सहयोग कक्षको सुरुवात गरेका छन् । भरतपुरको चौबिसकोठीमा अस्थाई सयोग कक्ष स्थापना गरी आज बिहिबारबाट निःशुल्क सेवा सुरु गर्न लागेका हुन् ।
चितवनमा आपतकालीन एम्बुलेन्स सेवासहित अन्य महत्वपूर्ण सेवाहरु सुरु गर्ने सामाजिक अभियान्ता अर्जुन भुसालले बताए । अस्पताल आउन गाह्रो भएर समस्यामा परेकालाई सहजता प्रदान गर्ने उद्देश्यका साथ सो सेवा सुरु गरिएको उनले बताए ।
आपतकालीन सहयोग टिमले अक्सिजनसहित एम्बुलेन्स सेवा, घरमा हुँदा निकै गाह्रो भएको बेला सल्लाह काउन्सिलिङ सेवा (मेडिकल टिमले), सँधै औषधी सेवन गर्ने बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै सेवन गरिरहने औषधी घरमै पुर्याइदिने सेवा सहित अन्य सेवाहरु प्रदान गर्ने लक्ष्य राखिएको उनले भने ।
यो संकटको घडीमा कोही कसैलाई गाह्रो, अप्ठेरो परे मोबाइल नं. ९८०१५६४८०८ र ९८५५०५४३४१ मा सोझै सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -