July 21, 2024

आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द

May 7, 2021

काठमाडौं / त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गएरातिदेखि आन्तरिक र अन्तरराष्ट्रिय दुबैतर्फको उडान बन्द भएको छ ।
कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेसँगै आजबाट दुबैतर्फको उडान बन्द भएको हो ।
गत बैशाख १९ मा बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै स्थगन गर्ने निर्णय गरेको थियो ।
नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।
हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी १० दिन अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्नेछ । उनीहरूका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौंका विभिन्न आठ होटल सूचीकृत गरेको छ ।
यसअवधिमा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने क्यानले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -