January 24, 2025
- ADVERTISEMENT -

१९ पसललाई कारवाही, ८१ हजार राजश्व संकलन

May 8, 2021
Photo : Halkaro

चितवन / चितवनमा निषेधाज्ञा उल्लंघन गर्ने १९ वटा पसललाई कारवाही गरिएको छ । प्रहरीले विभिन्न स्थानबाट शुक्रबार निषेधाज्ञा उल्लंघन गर्ने १९ वटा पसललाई कारवाही गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सरोज गिरीका अनुसार निषेधाज्ञामा अटेर गरी संचालन गर्ने १९ वटा पसललाई कारवाही गरी जरिवाना गराएको छ । उनीहरुबाट ८ हजार चारसय रुपैयांँ जरिवाना असुल गरिएको उनले बताए ।
यस्तै शुक्रबारै प्रहरीले निषेधाज्ञाको अवज्ञा गर्ने साना ठूला सवारी गरी २०३ वटालाई कारवाही गरेको छ । उनीहरुबाट ७२ हजार पाँचसय रुपैयांँ जरीवाना गरिएको प्रहरी प्रवक्ता गिरीले जानकारी दिए ।
निषेधाज्ञा अवज्ञा गर्ने २८३ जनालाई होल्डमा राखी छाडिएको उनले भने । निषेधाज्ञा थप कडाई गर्दै लग्दा सवारी साधन र अवज्ञा गर्ने व्यक्तिहरुमा केही कमी आएपनि पसल सञ्चालन गर्नेमा भने बृद्धि हँुदै गएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -