२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

रत्ननगरमा एकैदिन १८ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : २०७८ बैशाख २५ गते
- ADVERTISEMENT -

चितवन / पूर्वी चितवन रत्ननगरमा एकैदिन १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता रत्ननगरमा एकैदिन १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले जानकारी दिए ।
प्रमुख पौडेलका अनुसार शुक्रबार १८ जना थपिएसँगै बैशाख १ देखि २४ गते सम्ममा संक्रमितको संख्या कुल १६५ पुगेको छ । जसमा ९५ पुरुष र ७० जना महिला रहेका छन् ।
हालसम्म रत्ननगरमा मृत्यु हुनेको संख्या ३ अर्थात २ प्रतिशत, निको हुनेको संख्या ११ जना अर्थात ७ प्रतिशत र सक्रिय संक्रमितको संख्या १५१ अर्थात ९१ प्रतिशत रहेको छ । पछिल्लो समय रत्ननगरमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

- ADVERTISEMENT -