मकवानपुर / मकवानपुरको राक्सिराङ गाउँपालिका १ बेलटारस्थित बेसीघाटमा बोलेरो जिप दुर्घटना भएको छ । उक्त दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रनाउ जयश्वर रिमालले जानकारी दिए ।
प्रनाउ रिमालका अनुसार मृत्यु हुनेमा स्थानीय १७ वर्षीय दिनेश स्याङ्तान रहेका छन् । दुर्घटनाका अन्य घाइतेहरुमा चालक स्थानीय २५ वर्षीय दिपेन्द्र लो, यात्रुहरु १८ वर्षीया मञ्जु लो, १६ वर्षीय अमृत दोङ, २३ वर्षीया आकृती मोक्तान र मनहरी गाउँपालिका वडा नम्बर ७ का १७ वर्षीय दोर्जे गोङ्वा रहेका छन् ।
घाइतेहरुको हेटौँडा चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । बेसीघाटबाट हेटौँडातर्फ आउँदै गरेको ना१५च ३९२० नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेको प्रहरीले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

बोलेरो जिप दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते
May 8, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
