चितवन / राप्ती नगरपालिका वडा नं. ६ प्यारीढापमा बाघको आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा सोही स्थान बस्ने वर्ष ३३ का उमेश राई भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सरोज गिरीले जानकारी दिए ।
प्रवक्ता गिरीका अनुसार घाइते राईलाई शुक्रबार दिउँसो साढे २ बजे भैंसी चराउन जाने क्रममा बाघले आक्रमण गरेको हो । चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघले राईलाई आक्रमण गरेको उनले बताए ।
घाइते राईको पुरानो मेडिकल कलेज भरतपुरमा भइरहेको र उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।
चितवनमा बाघको आक्रमणबाट १ जना घाइते

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
