June 13, 2024

१८ प्रतिनिधि सभा सांसदमा कोरोना संक्रमण

May 8, 2021

काठमाडौं / कोरोना संक्रमण पुष्टि हुने प्रतिनिधिसभा सदस्यको संख्या १८ पुगेको छ ।
बैशाख २२, २३ र २४ गते गरिएको पीसीआर परीक्षणको रिपोर्टमा प्रतिनिधिसभाका १८ र राष्ट्रियसभाका एक जना सांसदमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमित प्रतिनिधि संक्रमितको संख्या १८ पुगेको हो ।
संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २ सय ३५ जनाको पीसीआर परीक्षण गर्दा १ सय ६० जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण देखिएका अन्य १४१ जना संघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आईसीसी) का कर्मचारी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -