मकवानपुर / जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक केशवबहादुर खत्री मृत अवस्थामा फेला परेका छन् ।
दोलखा घर भई हाल मकवानपुरमा प्रहरी निरीक्षकको रुपमा कार्यरत ४७ वर्षीय खत्री आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालले जानकारी दिए ।
प्रवक्ता रिमालका अनुसार, प्रहरी निरीक्षक खत्रीको शव हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित गोरक्षश्वर मन्दिर नजिकै राप्तीखोलाको किनारामा आदी भाग डुबेको अवस्थामा फेला परेको हो ।
मृत अवस्थामा फेला परेको खत्रीको शव पोस्टमार्टमको लागि हेटौँडा अस्पतालमा राखिएको र उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।
मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक खत्री मृत फेला

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
