काठमाडौं / नेकपा माओवादी केन्द्रले संवैधानिक परिषदको बैठक स्थगित गर्न आग्रह गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षका नेता तथा सभामुखले भाग नलिने निर्णय गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारलाई आग्रह गरेका हुन् ।
उनले सो बैठकमा नजान अरु सदस्यहरुलाई अपील गरेका छन् । ‘संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।’ जारी विज्ञप्तीमा भनिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि परिषद्को बैठक बेलाएका छन् ।
सो बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख विपक्षी दलका नेता शेबरहादुर देउवाले नजाने बताइसकेका छन् ।
‘संवैधानिक परिषद्को बैठक स्थगित गर’ – माओवादी केन्द्र
May 8, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -