September 8, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत

May 10, 2021
File photo.

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद्मा विस्वासको मत पाउँ भनि राखेको प्रस्ताव अस्वीकृत भएको छ ।
उनको प्रस्तावमा जम्मा ९३ मत मात्रै प्राप्त भएको र उक्त संख्या संसद्मा बहुमत नभएकोले सभामुख अग्निप्रसाद सापकोटाले उनको प्रस्ताव अस्वीकृत भएको घोषणा गरे ।
प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १२४ मत खसेको छ भने प्रस्तावको मत दिन्न भन्ने पक्षमा १५ मत परेको छ ।
प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो ।
संसद्मा सोमबार एमालेको माधव नेपाल पक्षका सांसद अनुपस्थित रहेका थिए । त्यस्तै राप्रपा सांसद राजेन्द्र लिङ्देन पनि अनुपस्थित रहेका थिए ।
विश्वासको मतको प्रस्तावमा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदलाई मताधिकार रहेको थियो ।
सभामुख सापकोटाले अर्को बैठक बैशाख ३० गते दिउँसो साँढे १ बजेको लागि बोलाएका छन् ।