January 13, 2025
- ADVERTISEMENT -

चितवनमा एकैदिन २७९ लाई कोरोना सङ्क्रमण

May 10, 2021

चितवन । दाेस्राे लहरमा तीव्ररुपमा फैलिएको कोभिड–१९ का कारण पछिल्लाे २४ घण्टामा चितवनका थप २७९ जना सङ्क्रमित भएका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुरमा २१८, रत्ननगर नगरपालिकामा १९, कालिका नगरपालिकामा १७, खैरहनी नगरपालिकामा ६, माडीमा ३, इच्छाकामना गाउँपालिकामा ३ जनामा कोरोना सङ्क्रमण देखिएको हाे ।
साेमबारसम्म चितवनका १४१ जनाको कोरोना सङ्क्रमणका कारणले मृत्यु भएको छ । त्यसैगरी चितवनको अस्पतालकाे आइसोलेसनमा १८१ जना, घरमा आइसोलेसनमा दुई हजार ५०३ जना रहेका छन् । आजसम्म चितवनमा कोरोना सङ्क्रमित नौ हजार ९२५ जना रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -