२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

ओलीले विश्वासको मत गुमाएसँगै नयाँ सरकारको रस्साकसी

प्रकाशित मिति : २०७८ बैशाख २७ गते
- ADVERTISEMENT -

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएसँगै नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ । सोमबार प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रधानमन्त्री ओलीले पेश गरेको प्रस्ताव असफल भएको हो । ओलीले राखेको प्रस्तावमा ९३ मत मात्र खस्यो भने विपक्षमा १२४ मत खसेको छ । तटस्थमा भने १५ मत खसेको छ ।
प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । सोमबार भएको मतदानमा २३२ सांसदहरु सहभागी थिए । बहुमत गुमाएसँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् । उनी पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकारसमेत ढलेको छ ।
अब नयाँ सरकार गठनका लागि काँग्रेसले बहुमत आफूसहितको गठबन्धनको पक्षमा रहेको दावी गर्दै राष्ट्रपतिसमक्ष मागदाबी प्रस्तुत गर्ने तयारी गरिरहेको छ । त्यसका लागि तीनवटा विकल्प रहेको छ । स्रोतका अनुसार अब संविधानको धारा ७६ मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार, सबैभन्दा ठूलो दलको नेताको नेतृत्वमा अल्पमतको सरकार र कुनै सांसदको नेतृत्वमा बन्ने सरकार गरी तीनवटा सरकार बन्न सक्नेछ ।

- ADVERTISEMENT -