२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

पूर्वराजा ज्ञानेन्द्र कोरोनामुक्त, कोमल ल्याइए वार्डमा

प्रकाशित मिति : २०७८ बैशाख २८ गते
- ADVERTISEMENT -

काठमाडौँ / पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् । नर्भिक अस्पतालमा उपचाररत पूर्वराजा शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको छ । यस्तै, सोही अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ ।
स्वास्थ्यमा सुधार भएपछि केही दिनअघिदेखि नै आइसीयूबाट वार्डमा सारेर उपचार जारी राखिएको अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । १८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।
यता, पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।

- ADVERTISEMENT -