२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025
२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025 Thursday

‘खोपमा अनियमिता भएको छैन’

प्रकाशित मिति : २०७८ बैशाख २८ गते
- ADVERTISEMENT -

काठमाडौं / स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपमा अनियमिता नभएको दाबी गरेका छन् । मन्त्री त्रिपाठीले मंगलबार पत्रकार सम्मेलन गरेर खोप आयातमा सरकारले एक पैसा पनि कसैलाई कमिसन नदिएको बताएका हुन् । उनले भने, ‘बोल्न त बोल्नुस्, बुझेर मात्र बोल्नुस् । अनर्गल, झुटा अफवाह र आत्मरतिका लागि नबोल्नुस् ।’
कमिसनका कारण ५० लाख डोज खोप आयात प्रभावित भएको खबरहरु सार्वजनिक भएपछि भ्रष्टाचार भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपालले वक्तव्य दिएका थिए ।
नेताहरुलाई बुझेर मात्र बोल्न चेतावनी दिएका मन्त्री त्रिपाठीले भारतको सेरम इस्न्टिच्युटबाट ५० लाख डोज खोप किन खरिद हुन सकेन भन्ने चाहिँ खुलाएनन् ।
उनका अनुसार सेरमसँग नेपालले खरिद गरिसकेको १० लाख डोज खोप कहिले आउँछ भन्ने टुंगो छैन । कम्पनीमा भएको आगलागी, भारतमा महामारी फैलिएपछि खोप निर्यातमा रोक लगाउँदा खोप आउन ढिला भएको उजले बताए ।
उनले भने, ‘एउटा कम्पनीलाई २० प्रतिशत निर्यातका लागि अनुमति दिइसकेको छ । सेरमले पनि अनुमति पाउनासाथ पहिलो देशका रुपमा नेपालमा खोप आउँछ भन्ने विश्वासमा छौं ।’

- ADVERTISEMENT -