June 13, 2024

चौधरी उद्योगलाई स्वास्थ्य मापदण्ड अपनाउन स्थानीयको दबाब

May 11, 2021
File Photo

नवलपुर / देवचुली नगरपालिका वडा नम्बर २ मा अवस्थित चौधरी उद्योगलाई स्वास्थ्य मापडण्ड अपनाउन स्थानीयले दबाब दिन थालेका छन् । कोरोना संक्रमण फैलिन सक्ने भन्दै स्थानीयले उद्योगमा स्वास्थ्य मापडण्ड अपनाउन दबाब दिन थालेका हुन् ।
स्थानीयका अनुसार सामान्य मापदण्ड बाहेक अरु स्वास्थ्य मापदण्ड नअपनाएको बताइएको छ । उनीहरुले स्वास्थ्य मापदण्ड नअपनाउँदा स्थानीय स्तरमा कोरोना संक्रमण फैलनसक्ने बताएका छन् ।
उद्योगमा २ हजार बढी कामदारहरु रहेको र सो कामदारहरु आवतजावत गर्दा गाउँमा संक्रमण फैलन सक्ने भन्दै स्थानीयले उद्योगको पूर्वी भागमा रहेको गेट उद्योगसँग छलफल गरी बन्द समेत गराएका थिए ।
स्थानिय विनोद सिलवारले उद्योगको मुल गेटभन्दा पूर्वी गेटबाट कामदारहरुको आवतजावत बढी हुने हुँदा गाउँमै संक्रमण फैलनसक्ने त्रास रहेको बताए । उनका अनुसार जनप्रतिनिधि र यहाँका स्थानीयहरुले दुई दिनसम्म उद्योगको पूर्वी गेट बन्द गराएको थियो । सोमबार उद्योगसँग छलफल पश्चात स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गराउने शर्तमा गेट खुलाइएको हो ।
उद्योगमा भारतीय मालबाहक ट्रकहरुको आवतजावत बढी हुने हुँदा अझ संक्रमणको त्रास उच्च रहेको उनको भनाइ छ । उनले उद्योग प्रशासनलाई भारतीय सवारीसाधनहरुलाई व्यवस्थापन र उक्त साधनमा आउने चालक र सहचालकहरुको छुट्टै व्यवस्थापन गर्न लगाइएको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -