February 6, 2025
- ADVERTISEMENT -

गैँडाकोटका उद्योगहरुमा स्वास्थ्य सम्बन्धी अनुगमन

May 12, 2021
Photo : Halkaro

नवलपरासी / गैँडाकोटका उद्योगहरुमा स्वास्थ्य सम्बन्धी अनुगमन थालिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीसहितको टोलीले आज (बुधबार) गैँडाकोटका उद्योगहरुको अनुगमन थालेको हो ।
टोलीले गैंडाकोटमा रहेका उद्योगहरुको कोरोना भाइरस संक्रमणका लागि अपनाउनुपर्ने स्वास्थ्य सम्बन्धी मापदण्ड पालना भए नभएको अनुगमन गरेको हो । टोलीले गैँडाकोट–८ मा रहेको सिद्धिविनायक अक्सिजन प्लान्टमा अनुगमन गरेको छ । अनुगमन पछि टोलीले महामारीमा जनशक्ति कम भएको र थप गर्न निर्देशन दिएको छ ।
प्रजिअ पंगेनीले अहिलेको अवस्थामा दैनिक ४ सय सिलिण्डर ग्यास उत्पादन भएको र थप उत्पादनको लागि आवश्यक पर्ने विद्युत, ट्रान्सफर्मर, भन्सारहुँदै ल्याउनुपर्ने सामानमा सहजीकरण गरी दिने प्लान्टका इन्जिनियर कुमारलाई बताए ।
अहिले प्लान्टको थप सुरक्षाका लागि नेपाल प्रहरी समेत खटाइएको छ । खटिएका प्रहरीहरुले प्लान्टको सुरक्षा र अनावश्यक दबाब दिँदै अक्सिजन लैजाने शक्तिहरुलाई नियन्त्रण गर्न सहयोग मिलेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।
त्यस्तै गैँडकोटमा रहेको टाइम फर्मास्युटिकल्स र सो कम्पनीको उद्योगमा समेत अनुगमन गरिएको छ । उद्योगले स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गरेको प्रजिअ पंगेनीले भने ।
यस्तै युनाइटेड पोलीस्याक्समा भने मजदुरहरुलाई उपलब्ध गराइएको मास्क कपडाको भएको र यसलाई परिवर्तन गरी सर्जिकल मास्क दिन निर्देशन दिइएको उनको भनाइ छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी जिल्लामा उद्योगहरु संचालनको अनुमति दिएपछि त्यसको कार्यान्वयन भए नभएको प्रशासनले कडा चेकजाँच गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -