January 13, 2025
- ADVERTISEMENT -

नेपालमा थप ९३०५ जनामा कोरोना संक्रमण

May 12, 2021

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै कुल सक्रतिमको संख्या ४ लाख २२ हजार ४१६ पुगेको छ । यस्तै, २४ घण्टामा ४ हजार ४४४ जना निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ३ लाख १६ हजार ४६३ पुगेको छ ।
आज कोरोनाबाट थप १६८ जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या ४ हजार २५२ पुगेको छ । मंगलबारसम्म देशभर १ लाख १ हजार ६ सय ३४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -