February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

२४ घण्टामा थप ८९६० जनामा कोरोना संक्रमण पुष्टि

May 13, 2021

काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ । यस्तै थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।
कुल मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ । यस्तै, नेपालमा गत २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा ५ हजार ५५ जनाले कोरोना जितेका छन् ।
यससँगै कुल संक्रमण मुक्त हुनेको संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ।

- ADVERTISEMENT -