२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

घुम्ती रक्तदानमा कुल ११४ जनाद्वारा रक्तदान

प्रकाशित मिति : २०७८ बैशाख ३० गते
- ADVERTISEMENT -

चितवन / लायन्स क्लब अफ भरतपुर इन्द्रेणीद्वारा आयोजित घुम्ती रक्तदान कार्यक्रमको आज बिहीबार अन्तिम दिन १३ जनाले रक्तदान गरेका छन् । भरतपुर–१०, शान्ति एकेडेमी बहुमुखी कलेजमा संचालित रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेका हुन् ।
यससँगै बैशाख २७ देखि ३० गतेसम्म रक्तदान कार्यक्रम संचालन गरिएको हो भने कुल ११४ जनाले रक्तदान गरेको क्लबका संस्थापक अध्यक्ष द्रोणबाबु शिवाकोटीले जानकारी दिए ।
कोभिड–१९ ले आक्रान्त पारेको वर्तमान समयमा विरामीहरुलाई रगतको अभाव नहोस् भन्ने अभिप्रायले घुम्ती रक्तदान कार्यक्रम गरिएको संस्थापक अध्यक्ष शिवाकोटीले बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तीर्थ घिमिरे, शान्ति एकेडेमीका प्राचार्य रविन्द्र प्रकाश वस्ताकोटी, जन शितल टोल सुधार समितिका अध्यक्ष ददिराम देवकोटा, क्लवका कोषाध्यक्ष लायन हेम कुँबर लगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रम साझापुर, तेलौली, सौराहाचोक, साझापुर, गौरीकृष्ण चोक, नवलपुरको १६ नम्बर चोक, जगतपुरमा संचालन भएको थियो । कार्यक्रम लायन्स क्लब अफ भरतपुर ईन्द्रेणीका द्वितीय उपाध्यक्ष लायन शिला परियारको संयोजकत्वमा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -