February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोरोना संक्रमितलाई घरमै औषधि तथा हौसला प्रदान

May 13, 2021

चितवन / रत्ननगर नगरपालिका वडा नं ९ द्वारा होम आइसोलेसनमा बसेका कोरोना संक्रमित विरामीलाई औषधि वितरण गरिएको छ । कार्यपालिका सदस्य तथा कार्यवाहक वडाध्यक्ष सरस्वती लामाको टोलीले १२ जना कोरोना संक्रमितलाई घरमै पुगेर औषधि वितरण गरिएको हो ।
कार्यवाहक वडाअध्यक्ष लामाका अनुसार संक्रमितलाई औषधि वितरणसँगै आत्मवल वृद्धिको लागि हौसला प्रदान गरिएको थियो । संक्रमितलाई भिटामिन सी, डी, जिंक, सिटामोललगायतका औषधि प्रदान गरिएको उनले बताइन् ।
जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको टोलीमा नर्कटिया स्वास्थ्य केन्द्रकी प्रमुख मीना कुँवर, वडा सदस्य गायत्री विक, युवा समाजसेवी विजय रिजाल लगायतको सहभागिता रहेको थियो ।
रत्ननगर नगरपालिकाका १६ वटै वडामा घरदैलो मार्फत कोरोना संक्रमितहरुलाई औषधि वितरण तथा हौसला प्रदान गरिँदै आएको छ ।

- ADVERTISEMENT -