काठमाडौं / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त दललाई साँझ ९ बजेसम्म दाबी पेश गर्न आह्वान गरिएको थियो । कसैको दावी नआएपछि ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिनुभएको समयसीमामा अन्य दलले बहुमत पुर्याउन नसकेपछि ओलीनै प्रधानमन्त्रीमा दोहोरिएका हुन् ।
नयाँ प्रधानमन्त्री नियुक्तीसँगै ओली तेस्रो कार्यालयका लागि प्रधानमन्त्री बनेका हुन् । नवनियुक्त प्रधानमन्त्री ओलीले आज शुक्रबार दिउँसो २ः ३० मा सपथ लिने कार्यक्रम छ । नेकपा एमाले १२१ सांसदसहित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

ओली पुनः प्रधानमन्त्री, आज सपथ लिँदै
May 14, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
