September 10, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मुद्रण व्यवसायीलाई व्यवसाय बन्द गर्न अपिल

May 14, 2021

चितवन / मुद्रण संघ चितवनले मुद्रण व्यवसायीहरुलाई आ–आफ्नो व्यापार व्यवसाय बन्द गर्न अपिल गरेका छन् । कोरोना संक्रमितको संख्या तिब्र रुपमा बृद्धि हुँदै गएकाले जेठ १३ गतेसम्म व्यापार व्यवसाय बन्द गरी उच्च जोखिमको यस घडीलाई सुरक्षित रहन संघका अध्यक्ष उपकार सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा अपिल गरिएको छ ।
विज्ञप्तिमा विश्वभरि फैलिएको दोस्रो लहरको कोरोना संक्रमण नयाँ भेरियन्टका कारण नेपालमा पनि दिनानुदिन संक्रमित बढ्दै गएको र जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी जेठ १३ गतेसम्म निषेधाज्ञाको आदेशलाई पालना गर्न भनिएको छ ।
अध्यक्ष सापकोटाले अति आवश्यकीय अस्पतालजन्य एवम् मुद्रण सामग्री तयार गर्नुपर्ने भएमा स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी सम्बन्धित निकायको समन्वयमा मात्र कार्य गर्न हुन् समेत अनुरोध गरेका छन् ।