२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025
२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025 Thursday

चितवनमा एक साता किराना व्यवसाय बन्द

प्रकाशित मिति : २०७८ बैशाख ३१ गते
- ADVERTISEMENT -

चितवन / किराना व्यवसायी संघ–चितवनले एक साता सम्पूर्ण किराना व्यवसाय बन्द गर्न आह्वान गरेका छन् । बढ्दो कोरोना भाइरस (कोभिड–१९) संक्रमणले चितवनका किराना व्यवसायीहरु पनि धमाधम संक्रमित हुन थालेकोले आउँदो जेठ २ गतेदेखि ९ गतेसम्म सम्पूर्ण किराना व्यवसाय बन्द गर्न संघले आह्वान गरेको हो ।
संघका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा किराना व्यवसायीको सुरक्षाका लागि कसैको ध्यान नगएकाले आफ्नो ज्यान सुरक्षित गर्न र आफै सचेत हुने बेला भएकाले एक साताका लागि व्यवसाय बन्द गर्न भनिएको छ ।
विज्ञप्तिमा आफ्नो ज्यानलाई बाजी राखेर आजसम्म व्यवसायीहरुले सेवा प्रदान गरेको र आफू पनि बच्न र अरुलाई पनि बचाउनका लागि एक साता व्यवसाय बन्द गर्ने निर्णय गरेको उल्लेख छ ।
उनका अनुसार अहिलेसम्म १० जनाभन्दा बढी व्यवसायीहरुमा संक्रमण पुष्टि भएका छन् ।

- ADVERTISEMENT -