काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तेस्रोपटक प्रधानमन्त्री पदको सपथ ग्रहण गरेका छन्। २०७४ फागुन ३ गते दोस्रो पटक दुईतिहाइ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका ओली पाँच वर्षे कार्यकाल पूरा नहुँदै गत वैशाख २७ गते विश्वासको मत प्राप्त गर्न नसकेपछि सबैभन्दा ठूलो दलको नेताका रुपमा बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।
शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सपथ लिँदै गर्दा राष्ट्रपतिले पढेका शब्द ईश्वर र प्रतिज्ञा उच्चारण गरेनन्। यसअघिका सपथ ग्रहण कार्यक्रममा पनि ईश्वर शब्द उच्चारण नगरेका ओलीले यसपटक सपथ ग्रहणका लागि उपलब्ध गराइएको पत्रमा उल्लेख गरिएको ‘सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भन्ने वाक्यबाट प्रतिज्ञा शब्द उच्चारण गर्न पनि अस्वीकार गरे।
सपथ ग्रहणका क्रममा प्रधानमन्त्री ओलीले उक्त शब्द उच्चारण नगरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः उच्चारण गर्न आग्रह गरेकी थिइन्। तर प्रधानमन्त्री ओलीले असहज लाग्नेगरी ‘त्यो पर्दैन’ भनेर जवाफ फर्काएका थिए।
प्रधानमन्त्रीको दोस्रो कार्यकालमा धार्मिक गतिविधिमा मोह देखाएका कारण कतिपयले ओलीले यसपटक ईश्वरका नाममा सपथ लिने विश्वास व्यक्त गरेका थिए। ओलीले चितवनको अयोध्यापुरीमा आफ्नै खर्चमा रामसीताको मूर्ति निर्माण गरेर प्रतिष्ठापन गर्नेदेखि पशुपतिमा अर्ब लगानीमा सुनको जलहरी लगाउने काम गरेका थिए।
सपथ ग्रहणका क्रममा प्रतिज्ञा गर्छु भन्नुको अर्थ जनता र मुलुकको संविधानप्रति बफादार छु भनेर प्रतिबद्धता जनाउनु थियो, जसलाई उच्चारण गर्न ओलीले अस्वीकार गरे। महत्वपूर्ण सार्वजनिक पद धारण गर्ने व्यक्ति मुलुक र जनताप्रति प्रतिबद्ध हुन सकून् र आफ्नो कर्तव्य, जिम्मेवारी र दायित्व निर्वाह गर्नेक्रममा दायाँबायाँ नगरुन् भनेर सपथ खुवाउने गरिन्छ।
ईश्वरप्रतिको आस्थाले गर्दा पनि ईश्वरका नाममा सपथ खाएपछि सार्वजनिक पद धारण गर्ने व्यक्तिले गलत काम गर्दैन भन्ने विश्वास गरिन्छ । प्रधानमन्त्री ओलीले भने यसलाई आफूअनुकूल बनाएर ग्रहण गरे। उनको यो शैलीको सामाजिक सञ्जालमा आलोचना भएको छ। सपथ ग्रहणको एउटा प्रक्रिया हुन्छ, जसलाई पालना गर्नैपर्छ। नेपाल गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेसँगै प्रथम उपराष्ट्रपति परमानन्द झाले नेपाली भाषामा ग्रहण गर्नुपर्ने सपथ हिन्दीमा लिएपछि त्यसले विवाद निम्त्याएको थियो। पछि उनले नेपाली भाषामै पुनः सपथ खानुपरेको थियो । यो समाचार नागरिक दैनिकमा छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

प्रधानमन्त्रीको सपथमा ‘ईश्वर’ र ‘प्रतिज्ञा’ आउट

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.72
145.32

European Euro
1
171.61
172.32

UK Pound Sterling
1
196.96
197.77

Swiss Franc
1
188.03
188.81

Australian Dollar
1
102.06
102.48

Canadian Dollar
1
106.26
106.70

Singapore Dollar
1
114.49
114.96

Japanese Yen
10
9.43
9.47

Chinese Yuan
1
20.95
21.03

Saudi Arabian Riyal
1
38.59
38.75

Qatari Riyal
1
39.71
39.87

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
39.40
39.56

Malaysian Ringgit
1
37.04
37.19

South Korean Won
100
10.00
10.04

Swedish Kroner
1
16.16
16.23

Danish Kroner
1
22.97
23.07

Hong Kong Dollar
1
18.51
18.59

Kuwaity Dinar
1
474.26
476.22

Bahrain Dinar
1
383.85
385.44

Omani Rial
1
375.92
377.48













