२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

कारवाहीमा ३२६ सवारीसाधन, एक लाख १५ हजार राजश्व संकलन

प्रकाशित मिति : २०७८ जेष्ठ १ गते
Photo : Halkaro
- ADVERTISEMENT -

चितवन / प्रहरीले निषेधाज्ञा उलघंन गर्ने ३२६ सवारी साधनलाई कारवाही गरेको छ । चितवन प्रहरीले २३४ र मकवानपुर प्रहरीले ९२ गरी कुल ३२६ वटा सवारी साधनलाई शुक्रबार निषेधाज्ञा उल्लघंन गरेकोमा कारवाही गरेको हो ।
चितवन प्रहरीले अनावश्यक हिँडडुल गर्ने १६२ जनालाई होल्डमा राखी छोडेका छन् भने २३४ सवारीसाधनबाट १ लाख ८ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।
यस्तै निषेधाज्ञा उल्लघंन गरी पसल सञ्चालन गर्ने १४ जनालाई कारवाही गरेको छ । उक्त पसलहरुबाट प्रहरीले ७ हजार रुपैयाँ जरीवाना असुल गरेको छ । प्रशासनले दोस्रो चरणको निषेधाज्ञा जारीसँगै अवज्ञा गर्ने माथि थप कडा गरिने जानकारी दिएको छ ।
मकवानपुरमा ९२ वटा सवारीसाधन नियन्त्रणमा
मकवानपुर प्रहरीले निषेधाज्ञा उलघंन गर्ने ९२ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालका अनुसार निषेधाज्ञा उल्लघंन गर्ने मोटरसाइकल, स्कुटर, अटो, सानो गाडी, बस, ट्रकलगायतका सवारीसाधन नियन्त्रणमा लिएको हो ।
उक्त सवारीसाधनहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट प्रहरी उपरीक्षक समेतको चेकिङ टोलीले नियन्त्रणमा लिएको हो । निषेधाज्ञा उलघंन गर्ने सवारी धनी ३४ जनालाई संक्रामक रोग ऐन २०२० बमोजिम आवश्यक कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

- ADVERTISEMENT -