February 6, 2025
- ADVERTISEMENT -

मकवानपुरमा थपिए ९० जना कोरोना संक्रमित

May 15, 2021

मकवानपुर / पछिल्लो २४ घण्टामा मकवानपुरमा थप ९० जना कोरोना संक्रमित थपिएका छन् ।
संक्रमित हुनेहरुमा ४३ जना महिला र ४७ जना पुरुष रहेको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौँलागाईले जानकारी दिएका छन् ।
संक्रमित हुनेहरुमा ६५ जना हेटौँडा उपमहानगरपालिकाका छन् भने थाहा नगरपालिकाको ११ पुरुष र ७ महिलासहित १८ जना, मनहरीको महिला र पुरुष १/१ जना, मकवानपुरगढीको १ पुरुष र २ महिला गरी ३ जना, भीमफेदीको १ जना पुरुष र बारा जिल्लाको १ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
हेटौँडा उपमहानगरपालिका वडा नम्वर १,२,९,१४,१५ र १६ मा १/१ जना, हेटौँडा ६,७,१२,१९ मा २/२ जना, हेटौँडा–२ मा ४ जना, हेटौँडा–४ मा ९ जना, हेटौँडा–५ मा १३ जना, हेटौँडा ८ मा ८ जना, हेटौँडा १० मा ५ जना, हेटौँढा ११ मा ९ जना र हेटौँडा–१७ मा ३ जना रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -