July 20, 2024

मकवानपुरमा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि

May 16, 2021

मकवानपुर / मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १ सय २७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
कूल १ सय ८६ जनाको कोरोना परीक्षण गर्दा ५९ जना महिला र ६८ जना पुरुषमा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौँलागाईले जानकारी दिएका छन् ।
संक्रमण पुष्टि हुनेहरुमा हेटौँडा–१ को ७ जना, हेटौँडा–२ को १२ जना, हेटौँडा–४ को १४ जना, हेटौँडा–५ को २३, हेटौँडा–६ को २ जना, हेटौँडा–७ को ५ जना, हेटौँडा–८ को १२ जना, ९ को ११ जना, हेटौँडा–१० को ४ जना, हेटौँडा–११ को १० जना, हेटौँडा–१२ को २ जना, हेटौँडा–१४ को २ जना, हेटौँडा–१६ को ३ जना, हेटौँडा–१८ को २ जना, हेटौँडा–१९ को ३ जना र हेटौँडाको वडा खुल्न नसकेको १ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै मकवानपुरगढी गाउँपालिकाको २ जना, मनहरी गाउँपालिकाको १ जना, भीमफेदी गाउँपालिकाको ३ जना, बारा जिल्लाको ६ जना र जिल्ला खुल्न नसकेको २ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा मकवानपुरमा कोरोना संक्रमण दर ६६ प्रतिशत रहेकोसमेत जनस्वास्थ्य निरीक्षक चौँलागाईले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -