२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

भरतपुर अस्पताललाई ५० थान अक्सिजनसहितको सिलिण्डर सहयोग

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते
Photo : Halkaro
- ADVERTISEMENT -

चितवन / चितवन समाज अष्ट्रेलियाले भरतपुर अस्पताललाई थप ३० थान अक्सिजन सहितको सिलिण्डर सहयोग गरेको छ । उक्त सिलिण्डर भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल लगायतको उपस्थितिमा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीलाई हस्तान्तरण गरिएको हो ।
समाजले संस्थाका संरक्षक केशबप्रसाद सापकोटाको संयोजकत्वमा पूर्णनाथ घिमिरे, विकास बर्ताैला, सिता सुवेदी र श्यामसुन्दर गिरी सदस्य रहेको आर्थिक संकलन समिति बनाएर सहयोग जुटाएर सहयोग गर्दै आएको छ ।
यसअघि समाजले अस्पतालले १० वटा अक्सिजन सहित सिलिण्डर सहयोग गरिसकेको छ । संयोजक घिमिरेले एउटा सिलिण्डरको रु. १७ हजार ५०० का दरले खरिद गरी सहयोग गरेको बताउँदै थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
एक्सपर्टले दियो २० थान अक्सिजनसहितको सिलिण्डर
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले भरतपुर अस्पताललाई अक्सिजनसहितको सिलिण्डर सहयोग गरेको छ । आइतबार अस्पतालमै पुगेर एक्सपर्टले करिब ४ लाख रुपैयाँ बराबरको २० थान अक्सिजनसहितको ठूलो सिलिण्डर सहयोग गरेको हो ।
एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी र लेखा प्रमुख किरन पौडेलले सो अक्सिजन अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी र निमित्त प्रमुख सुपरिटेण्डेन्ट डा.जगन्नाथ तिवारीलाई हस्तान्तरण गरे ।
अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले एक्सपर्टले गरेको यो सहयोग अतुलनीय रहेको बताए । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीले अहिलेको बेला सिलिण्डर पाउनै मुश्किल भएको बेला एक्सपर्टले सहयोग गर्नु सह्रानीय कार्य भएको बताए ।
कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेललगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -