मकवानपुर / हेटौँडा अस्पतालमा अक्सिजन प्लाण्ट स्थापनाको लागि हेटौँडा उपमहानगरपालिकाले १ करोड २८ लाख रुपैयाँ विनियोजन गरेको छ ।
उपमहानगरपालिकाले आइतबार उक्त रकम विनियोजन गरी अक्सिजन प्लाण्ट स्थापनाको काम अघि बढाएको हो ।
अक्सिजन प्लाण्ट निर्माणको काम उपमहानगरले सुरु गरेको र सहयोगका लागि अन्य स्थानीय निकाय र प्रदेश सरकारलाई समेत अनुरोध गरिएको मेयर हरिबहादुर महतले बताए ।
जिल्लामा अक्सिजन अभावका कारण कोरोना संक्रमितको उपचारमा समस्या देखिए्पछि समाधानका लागि चालु आर्थिक वर्ष २०७७/०७८ को विभिन्न योजनाका लागि विनियोजित रकम कटौती गरेर हेटौंडा अस्पतालमा अक्सिजन प्लाण्ट स्थापनाको लागि लगानीको व्यवस्थापनको पहल सुरु गरिएको उनले बताए ।
उनले तत्काल साना अक्सिजन प्लाण्ट स्थापना गर्ने र सो प्लाण्टलाई विस्तार गरी ठुलो योजनाको रुपमा परिणत गर्ने तयारी गरेको बताए ।
निर्माण प्रक्रिया सम्पन्न हुन २/३ महिना लाग्ने उनले बताए ।
अक्सिजन प्लाण्ट निर्माण : १ करोड २८ लाख विनियोजन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
