२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

२८औं मदन–आश्रित स्मृति दिवस : औपचारिक कार्यक्रम स्थगित

प्रकाशित मिति : २०७८ जेष्ठ ३ गते
- ADVERTISEMENT -

चितवन / कोरोना भाइरसको संक्रमणका कारण पार्टीले २८औं मदन–आश्रित स्मृति दिवस औपचारिक कार्यक्रम गर्ने योजना नभएको नेकपा एमाले चितवनकी अध्यक्ष पार्बती रावलले जानकारी दिए । नेकपा एमालेले आजको दिनमा नेताद्वय भण्डारी र आश्रितको सम्झनामा विविध कार्यक्रम गर्दै आएको थियो ।
यसअघि पार्टीले नेताद्वय भण्डारी र आश्रितको मृत्यु भएको स्थान दासढुंगामा हरेक वर्ष श्रद्धाञ्जली सभा र विविध कार्यक्रम गर्दै आएको पार्टी अध्यक्ष रावलले बताए ।
साथै नेकपा एमाले चितवनले आज सोमबार एक विज्ञप्ती जारी गरी नेताद्वयप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुले देखाएको पार्टीको मार्ग निर्देशन कहिल्यै नभुल्ने जनाएको छ । नेकपा एमाले चितवन जिल्ला अध्यक्ष पार्वती रावल र पार्टी सचिव प्रकाश खनाल (शैलेस) द्वारा जारी विज्ञप्तीमा सुखी नेपाली र समृद्ध नेपाल बनाउने अभियानमा सबै एकजुट हुन समेत आव्हान समेत गरिएको छ ।
तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । जनताको बहुदलीय जनवादका प्रणेता नेता भण्डारीले देखाएको सोही बाटोमा अहिलेका कम्युनिस्ट पार्टीहरु अगाडि बढीरहेका छन ।
रहस्यमय जिप दुर्घटनामा मदन–आश्रितको निधन भएपनि घटनाको छानबिन नभएको भन्दै पटक पटक आलोचना हुँदै आएको छ ।

- ADVERTISEMENT -