चितवन / चितवन उद्योग संघका ४ इकाईद्वारा सुरक्षाकर्मी तथा पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । चितवन उद्योग संघ अन्तर्गतका रत्ननगर इकाई समिति, कालिका इकाई समिति, खैरहनी इकाई समिति र राप्ति इकाई समितिले पूर्वी चितवनका सुरक्षाकर्मी तथा पत्रकारलाई करिब २ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश उद्योग परिसंघका उपाध्यक्ष भेषराज दुवाडीले कोरोना महामारीको बेला फ्रन्टलाईनमा रहेका सुरक्षाकर्मी तथा पत्रकारलाई उद्योगी व्यवसायीको सहयोग सह्राहनीय भएको बताए ।
पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटाले संघको यो सहयोग सँधै फ्रन्ट लाइनमा रहेर जनतालाई वर्तमान परिस्थितिको बारेमा सुसुचित गर्ने देशको चौथो अंग पत्रकारलाई पनि काम गर्न केही सहज भएको भनाइ थियो ।
मानव सेवा नै सबैभन्दा ठुलो धन भएको बताउँदै ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरिक्षक ईन्द्रबहादुर रानाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा चितवन उद्योग संघलाई धन्यवाद दिए ।
कार्यक्रममा चितवन उद्योग संघका पूर्व अध्यक्ष भिमबहादुर पाण्डे, राष्ट्रिय अनुसन्धान आयोग चितवनका प्रमुख उत्तमराज खनाल, ईलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक शुभाष भट्ट, ईलाका प्रहरी कार्यालय राप्तिका प्रहरी निरिक्षक राजिव गिरी, जुटपानी प्रहरी चौकीका प्रहरी नायव निरिक्षक शंकर प्रसाद चौधरी, चितवन उद्योग संघ कालिका ईकाइका अध्यक्ष प्रकाश चन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सुरक्षाकर्मी तथा पत्रकारलाई माक्स, सेनिटाइजर, फेससिल्ड, खानेपानी, पिपिई लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको थियो । उक्त संयुक्त कार्यक्रम चितवन उद्योग संघ रत्ननगर इकाईका अध्यक्ष गजेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
- ADVERTISEMENT -

चितवनका सुरक्षाकर्मी तथा पत्रकारलाई स्वास्थ्य सामग्री
May 17, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
