चितवन / चितवनमा नौसय ग्राम गांँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नम्बर १ का शिखर प्रजा हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पक्राउ परेका प्रजाले सोही स्थान दुबीचौरस्थित आफ्नै कोठामा गाँजा संचय गरेका हुन् । उनी राजु भण्डारीको घरमा बहालमा बस्दै आएको प्रहरीले बताएको छ ।
प्रहरीले प्रजालाई सोही डेराबाट गाँजा बिक्री वितरण गरेको सूचनाको आधारमा शनिबार पक्राउ गरेको हो । पक्राउ परेको निजलाई आवश्यक कारवाही अघि बढाएको बताइएको छ ।
नौ सय ग्राम गांँजासहित एक पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
