मकवानपुर / जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान गर्न हेटौँडा आउने प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिलाई आवास र खानपानको व्यवस्थापनका लागि होटल संचालन गर्न दिइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले राष्ट्रियसभा उपनिर्वाचनमा मतदान गर्न हेटौँडा आउने मतदाताहरुका लागि आवास र खानपानको प्रबन्ध मिलाउन होटल संचालन गर्न दिने निर्णय गरेको हो ।
जेठ ६ गते विहान ९ बजेदेखि सुरु हुने मतदानका लागि हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित भुटनदेवि माद्यमिक विद्यालयको भवनमा ३ वटा मतदान केन्द्र स्थापना गरिएको र आवश्यक शान्ति सुरक्षाको समेत व्यवस्थापन मिलाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।
निर्वाचनमा बागमती प्रदेशसभाका १०९ जना सांसद्, प्रदेशका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २३८ जना गरी कुल ३ सय ४७ जना मतदानमा सहभागि हुन पाउनेछन् ।
रिक्त राष्ट्रियसभाको उपनिर्वाचनमा बहालवाला गृहमन्त्री रामबहादुर थापा, प्रदेश नीति तथा योजना आयोगका पूर्व अध्यक्षसमेत रहेका डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङको उम्मेदवारी रहेको छ । -तुखबरबाट ।
मतदाताको आवासका लागि हेटौँडाको होटल खोल्ने निर्णय
May 18, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -