January 21, 2025
- ADVERTISEMENT -

निषेधाज्ञा जेठ १४ गतेसम्म थप, जुनसुकै सहयोग एकद्वार प्रणाली

May 18, 2021

नवलपुर / नवलपुर जिल्लामा जेठ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले जेठ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराईका अनुसार निषेधाज्ञामा अझै पनि विवाह व्रतवन्ध भने रोक लगाइएको छैन । बढीमा १० जनासम्मको उपस्थितिमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विवाह व्रतवन्ध गर्न भने छुट दिइएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुलाई भने कडाई गरिएको छ ।
तरकारी फलफूल, दुध तथा दुधजन्य र खाद्यन्नका पसल हरेक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म दिनको ३ घण्टा मात्रै खोल्न पाइने, औषधि पसल व्यवसाय बाहेक अन्य सबै बन्द हुने निषेधाज्ञामा भनिएको छ ।
जिल्लामा आफूखुशी अक्सिजन लगायत सहयोग संकलन गर्न र वितरण तथा हस्तान्तरण गर्न नपाइने नियम बनाइएको छ । अबबाट एकद्वार प्रणालीमार्फत नै त्यस्ता सामग्री हस्तान्तरण गर्नुपर्ने नियम बनाइएको प्रजिअ भट्टराईले जानकारी दिए ।
नवलपुर जिल्लामा निषेधाज्ञा गत वैशाख २१ गते राति १२ बजेदेखि जारी भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -