June 25, 2024

रत्ननगरमा एन्टिजेन परीक्षण सुरु, २६ मा ९ जना कोरोना पुष्टि

May 18, 2021

रत्ननगर / रत्ननगरमा कोरोना भाइरस संक्रमण पत्ता लगाउन पहिलो पटक निःशुल्क एन्टिजेन परीक्षण सुरु गरिएको छ । नगरभित्रका चारवटा स्वास्थ्य संस्थामा आइतबारदेखि परीक्षण सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए ।
प्रमुख पौडेलका अनुसार रत्ननगर अस्पतालमा प्रत्येक बुधवार, बछौली स्वास्थ्यचौकीमा प्रत्येक आइतबार, पञ्चकन्या स्वास्थ्यचौकीमा प्रत्येक मंगलवार र पिठुवा स्वास्थ्य चौकीमा प्रत्येक बिहीबार एन्टिजेन परीक्षण गरिने भएको हो ।
उनले आइतवार बछौली स्वास्थ्य चौकी र आज मंगलबार पञ्चकन्या स्वास्थ्य चौकीमा एन्टिजेन परीक्षण गरिएको बताए । बछौलीमा ९ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जना र पञ्चकन्यामा १७ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा पोजेटिभ देखिएको उनले भने ।
एन्टिजेन परीक्षणका लागि रत्ननगरमा पहिलो चरणमा ६०० कीट आएको छ भने लक्ष्यण देखिएका विरामीहरुको डाक्टर र स्वास्थ्यकर्मीको सिफारिसका आधारमा मात्र परीक्षण गरिने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -