चितवन / नेपाल सरकारले सूचीकरणबाट हटाएको ४० बोरा गोरखनाथ जातको धानको बीउ नियन्त्रणमा लिएको छ । नारायणगढको कमलनगरस्थित एक ढुवानी कम्पनीबाट उक्त परिमाणमा बीउ कृषि ज्ञान केन्द्र चितवनले नियन्त्रणमा लिएको हो ।
ज्ञानकेन्द्रका प्रमुख राजन ढकालका अनुसार आज बिहान नेपाल सरकारले सूचीकरण बाट हटाएको धानको बीउ आएको भन्ने सूचनाको आधारमा खानतलासी गर्दा उक्त परिमाणमा धानको बीउ बरामद गरिएको हो ।
उक्त परिमाणको धानको बीउ कुन कम्पनिले कसलाई कति मुल्यमा पठाएको भन्ने विषयमा अनुसन्धानकै क्रममा रहेको ढकालको भनाई छ । सरकारले सूचीकरणबाट हटाईएको उक्त जातको बीउ बेचविखन गर्नेलाई बीउबीजन ऐन अनुसार कारवाही हुने ढकालले जानकारी दिए ।
May 18, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -