चितवन / चितवन समाज अष्ट्रेलियाले भरतपुर अस्पताललाई रु.१० लाख ७५ हजार बराबरको अक्सिजन सिलिण्डर सहयोग गरेको छ । कोभिड उपचारमा अक्सिजन अभाव भएपछि चितवनमा मूल घर भएर अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुले भरतपुर अस्पताललाई रु. १० लाख ७५ हजार बराबरको अक्सिजन सिलिण्डर सहयोग गरेको हो । तीन चरणमा गरेर ६० वटा अक्सिजन सहितको सिलिण्डर सहयोग गरेको बताइएको छ ।
संस्थाका अध्यक्ष पूर्णनाथ घिमिरेका अनुसार ५० वटा अक्सिजन सहितको सिलिण्डर खरिद गरेर र १० वटा धरौटीमा अस्पताललाई उपलब्ध गराइएको हो । धरौटीमा रहेका १० वटा पनि खरिद गरी अस्पतालकै स्वामित्वमा हस्तान्तरण गरिने उनले बताए ।
संस्थाले आज थप २० वटा सिलिण्डर हस्तान्तरण गरेसँगै अस्पताललाई दिइएको संख्या ६० पुगेको हो । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारीलाई ती सिलिण्डर हस्तान्तरण गरिएको हो ।
अष्ट्रेलियामा रहेका चितवनवासीले आर्थिक संकलन गरेर अक्सिजन खरिदका लागि सहयोग गरेको अध्यक्ष घिमिरेले बताए । उनीहरुले यसअघिका विपत्तीहरुमा पनि नेपालमा तत्काल आवश्यक वस्तुहरु खरिद गरी सहयोग गर्दै आएको घिमिरेको भनाइ छ । समाजले संस्थाका संरक्षक केशबप्रसाद सापकोटाको संयोजकत्वमा पूर्णनाथ घिमिरे, विकास बर्ताैला, सिता सुवेदी र श्यामसुन्दर गिरी सदस्य रहेको आर्थिक संकलन समिति बनाएर सहयोग जुटाएको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भरतपुर अस्पताललाई तीन चरणमा ६० वटा सिलिण्डर सहयोग
May 18, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
