June 14, 2024

दाउन्नेमा बस दुर्घटना : चार जनाको मृत्यु, ४९ घाइते

May 19, 2021
Photo : Ujyalokhabar

नवलपुर / नवलपरासीमा आज (बुधबार) बिहान ६ बजे यात्रुबाहक बस दुर्घटना भएको छ । काठमाडौंबाट रुकुमतर्फ जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट दाउन्ने सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) का डिएसपी राजु लामाले जानकारी दिए ।
डिएसपी लामाका अनुसार उक्त दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ४९ जना घाइते भएका छन् । मृत्यु हुनेमा रुकुम पश्चिमका धनराज घर्ती र कल्पना पुनको मात्रै सनाखत भएको छ भने अन्यको बाँकी रहेको उनले बताए ।
दुर्घटनाका घाइते ४२ जनाको चिसापानी सामुदायिक अस्पताल बर्दघाट र ५ जनाको संजिवनी हेल्थ क्लिनिकमा उपचार भैरहेको बताइएको छ । बसको ब्रेक फेल भई दुर्घटना हुन पुगेको अनुमान गरिएको प्रहरीले बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -