October 3, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रधानमन्त्री ओलीद्वारा निर्वाचन आचारसंहिता उल्लंघन

May 19, 2021
File Photo.

मकवानपुर / प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।
बिहिबार हुने राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा प्रधानमन्त्री ओलीले नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका बहालवाला गृहमन्त्री रामबहादुर थापा बादललाई मत दिन आह्वान गरेका थिए ।
निर्वाचन आयोगले भने जेठ ३ गतेदेखि नै मौन अवधि सुरु भइसकेकोले मौन अवधिमा मत माग्ने, प्रचारप्रसार गर्नेलगायतका काम गर्न नमिल्ने बताएको छ ।
मौन अवधिमा मत माग्ने गरी उम्मेदवारको प्रचारप्रसारका साथै समाचार प्रकाशनरप्रशारण गर्न नमिल्ने आयोगको भनाइ छ।
आजै प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उम्मेदवार गृहमन्त्री रामबहादुर थापाका पक्षमा मत दिन अपिल जारी गरेका थिए।
त्यसको केही समयपछि आयोगले विज्ञप्ति निकालेर मौन अवधिमा प्रचारप्रसार गर्न नपाइने उल्लेख गरेको छ।
बिहीबार बागमती प्रदेशमा अन्यतर्फ रिक्त एक पदका लागि राष्ट्रिय सभा उपनिर्वाचन हुँदैछ। बिहान ९ देखि ३ बजेसम्म मतदान गर्ने समय दिइएको छ।
उपनिर्वाचनमा ३ ४७ जना मतदाता सहभागि हुने जनाइएको छ । ११० जना प्रदेश सभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुख २३८ जना गरी कूल ३४७ जनाले मतदान गर्न पाउनेछन् । -तु खबरबाट ।

- ADVERTISEMENT -