चितवन / चितवनको कालिका नगरपालिकाले कोरोना भाईरस (कोभिड१९) बाट संक्रमित भै होम आइसोलेसनमा बसीरहेकाहरुको लागि निशुल्क एक्सरे को ब्यवस्था गरेको छ ।होम आइसोलेसनमा बसिरहेकाहरु मध्ये छातीमा समस्या महसुस भएकाहरुका लागि निःशुल्क एक्सरे सेवा दिइएको हो ।
कालिका नगर अस्पताल खोलेसिमलमा आईतवार देखि विहिवार दिउसो ३ वजेदेखि ४ वजेसम्मका लागि कोभिड संक्रमित विरामीहरुको एक्सरे गर्नको लागि समय छुट्याइएको स्वास्थ्य शाखाकाा प्रमुख दिपक भण्डारीले बताउनु भयो । एक्सरे गर्न आँउदा कोरोना पोजेटिभ भएको रिर्पोट र स्वास्थ्य विमा गराएकाहरुले विमा कार्ड लिएर आउन समेत नगरपालिकाले आग्रह गरेको उहांँले बताउनु भयो ।
कोरोना संक्रमित भै होम आइसोलेसमा रहँदा छातीमा संक्रमण भै गम्भिर समस्या उत्पन्न हुन सक्ने तर्फ संवेदनशील हुँदै नगरपालिकाले एक्सरे परिक्षण गर्ने तयारी गरेको हो ।कोरोना कहरको दोस्रो चरणमा कालिका नगरपालिका भर १२९ जना होम आइसोलेसनमा रहेका छन् भने २ जनाले उपचारको क्रममा ज्यान गुमाएका छन ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

कोभिड संक्रमितलाई एक्सरे सेवा निःशुल्क
May 20, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
