काठमाडौं / स्पेनले नेपाललाई उपलब्ध गराएको कोभिड स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ। स्पेनको स्वास्थ्य मन्त्रालयले कार्गो गरेर आइबेरिया एयरलाइन्समार्फत स्वास्थ्य सामाग्री नेपाल पठाएको हो ।
कार्गोमा ५ टनभन्दा बढी कोभिड नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री रहेको बताइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेर स्वास्थ्य सामाग्री बुझेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार स्पेनी सहायता निकायले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीमा भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, एन्टिजिन टेस्ट किट, पीपीई लगायत छन् ।
यसैबीच स्वास्थ्य सामाग्री लिएर आएको जहाजले स्पेनिस नागरिकलाई फिर्ता लिएर जाने बताइएको छ।
काठमाडौंमा स्वास्थ्य सामग्रीसहित स्पेनी चार्टर्ड जहाज
May 20, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -