माडी / राष्ट्रिय युवा संघ माडीका अध्यक्ष मुन्ना मियाले जन्मदिनको अवसरमा माडी ८ का अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।
माडी नगरपालिका वडा नं ८ अति विपन्न सुकराम दर्जी, अशक्त जेष्ठ नागरिक जितबहादुर चेपाङ, एकल पुरुष एवम् सन्यासी गंगा गिरीलाई चामल, दाल, नुनलगायत सरसफाइका सामानहरु उनीहरुको घरमै पुगेर उपलब्ध गराएका हुन् ।
सहयोगका सामानहरु ग्रहण गर्दै जेष्ठ नागरिक जितबहादुर चेपाङले विपन्न परिवारको समस्या बुझेर कोरोना महामारीको समयमा पनि घरमै आई सहयोग गर्नु भएकोमा धन्यवाद दिए । उनले अति विपन्न परिवारलाई यो विषम परिस्थितिमा सहयोग गर्नुहुन सबैलाई अपिल समेत गरेका छन् ।
कार्यक्रममा माडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष कृष्णराज अधिकारी, नेकपा एमाले माडीका युवा नेता रामेश्वर चौधरी, राष्ट्रिय युवा संघ चितवनका सह संयोजक दिपक भण्डारीको उपस्थिति रहेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

माडीका विपन्न परिवारलाई खाद्यान्न सहयोग
May 21, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
